काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ करोड ९१ लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले मंगलबार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले मद्धती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले क वर्गको वाणिज्य बैंकहरुमा १८ करोड ३३ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ३ करोड ४४ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १ करोड १४ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
आफूले मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन आह्वान गरेको छ। आउँदो माघ २ गतेदेखि २०८१ माघ १ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ।
बैंकहरुले पुस १९ गते राति १२ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।



