काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को मसिंर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ७२ करोडमाथिको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार कम्पनीहरुले सो अवधिसम्ममा ११ लाख ६१ हजार २ सय ५९ वटा बीमा पोलिसी विक्री गरी १५ अर्ब ७२ करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
यी कम्पनीहरुले मंसिर महिनामा मात्रै करिब ३ अर्ब कुल बीमा शुल्क आर्जन गरेका छन् । मंसिर महिनासम्ममा सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ९९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ६५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ५७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, नेको इन्स्योरेन्सले १ अर्ब ३३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी सानिमा जिआइसी इन्स्योरेन्सले ९६ करोड ८६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्सले ८४ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, ओरिएण्टल इन्स्योरेन्सले ७२ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने राष्ट्रिय बीमा कम्पनीले ६२ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल इन्स्योरेन्सले ६१ करोड ९१ लाख र नेशनल इन्स्योरेन्सले ५१ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।



