images
images

सिमेन्टमा भएको मूल्यवृद्धि खारेज गर्न महासंघको माग


  • 343
    SHARES
  • २०८० पौष १४ गते शनिबार

    सिमेन्टमा भएको मूल्यवृद्धि खारेज गर्न महासंघको माग

    काठमाडौं । स्वतःस्फूर्त रूपमा हुनुपर्ने मूल्यवृद्धिलाई बेवास्ता गरी खुला बजार अर्थतन्त्रको सिद्धान्त विपरीत कार्टेलिङ गरी हालै बजारमा सिमेन्टको भाउ बढाइएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । 

    अव्यवहारिक एवं अवैज्ञानिक ढंगले सिमेण्ट उद्योगीहरूले कार्टेलिङ गरी हालै प्रति बोरा १ सय मूल्यवृद्धि गरिनु कानुन विपरीतको कार्य भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    ‘विगतमा पनि कार्टेलिङ गरी पटक पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै ठुलो आर्थिक बोझ थपिएको विदितै छ’, महासंघको विज्ञप्तिमा भनिएको छ । 

    म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीहरूको अर्बौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेन्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन महासंघले पुनः नेपाल सरकारका सम्बन्धित निकाय समक्ष माग गरेको छ ।     

     


    images
    images

    Logo