images
images

एभरेष्ट बैंकको एटीएम तोडफोड


  • 467
    SHARES
  • २०८० पौष १३ गते शुक्रबार

    एभरेष्ट बैंकको एटीएम तोडफोड

    विराटनगर ।  विराटनगरमा पैसा चोरी गर्न एभरेष्ट बैंकको एटीएम मेसिनमाथि तोडफोड भएको छ । बैंकको विराटनगर शाखा कार्यालयअगाडि राखेको एटीएम मेसिन बिहीबार राति एक व्यक्तिले फुटाएका हुन् ।

    एटीएम मेसिन फुटाएर पैसा चोरीको प्रयास गरेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेसिनको कभर फुटाउने व्यक्तिको खोजी भइरहेको छ । मध्यरातमा लाठीको साहारामा एटीएम मेसिन फुटाउने प्रयास भएको हो ।


    images
    images

    Logo