काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि कर्जा सूचना ऋणीको कर्जा जोखिम मूल्याङ्कन गर्ने प्रमुख आधार भएको बताएको छ । केवित्तीय चेतनाका लागि आज एउटा सूचना जारी केन्द्रीय बैंकले ‘कर्जा सूचना’को महत्वबारे जानकारी गराएको हो।
‘कर्जा सूचनामा ऋणीले लिएको कर्जाको सीमा, बक्यौता, भाखा नाघेको भए सोको अवधि, सुरक्षणमा राखेको धितोको विवरण, जमानीकर्ताको विवरण, कालोसूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी ह्न्छन् । यस्ता सूचना पुराना ऋणीको पनि कर्जा नवीकरण गर्दा, कर्जाको पुनरसंरचना वा पुनरतालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दासमेत आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ।
साथै, राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले कर्जासम्बन्धि निर्णय लिनुअघि ग्राहकले अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोेको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ ।




