images
images

बैंकिङ्ग प्रणालीबाट लगातार पैसा खिच्दै राष्ट्र बैंक, बुधबार थप ३५ अर्ब तान्ने


  • 418
    SHARES
  • २०८० पौष ८ गते आइतबार

    बैंकिङ्ग प्रणालीबाट लगातार पैसा खिच्दै राष्ट्र बैंक, बुधबार थप ३५ अर्ब तान्ने

    काठमाडौं ।  अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले पछिल्लो समय लगातार बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको छ। राष्ट्र बैंकले पुस ११ गते अथात् बुधबार फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्न लागेको हो । पुसमा यो पाँचौ पटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो ।

     नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य संस्था तथा सर्वसाधारण नागरिकले २०८० पुस ११ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।

     निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यो १४ दिने निक्षेप संकलन उपकरणको पुस २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

    यसअघि राष्ट्र बैंकले पुस ६ गते २५ अर्ब रुपैयाँ, पुस ४ गते २५ अर्ब रुपैयाँ, पुस ३ गते १० अर्ब रुपैयाँ र पुस १ गते १० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट तानेको थियो । गत मंसिर महिनामा भने राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आठपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो ।


    images
    images

    Logo