images
images

बैंकिङ्ग प्रणालीबाट लगातार पैसा खिच्दै राष्ट्र बैंक, बुधबार थप २५ अर्ब तान्ने


  • 571
    SHARES
  • २०८० पौष ३ गते मंगलबार

    बैंकिङ्ग प्रणालीबाट लगातार पैसा खिच्दै राष्ट्र बैंक, बुधबार थप २५ अर्ब तान्ने

    काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले पछिल्लो समय लगातार बैंकिङ प्रणालीबाट पैसा खिचिरहेको छ। राष्ट्र बैंकले भोलि पुस ४ गते फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्ने भएको छ। पुसमा यो तेस्रोपटक राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो।

     नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य संस्था तथा सर्वसाधारण नागरिकले २०८० मंसिर ४ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।

    लगानीकर्ताले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म आवेदन दिन सक्नेछन् । निक्षेपको साँवा ब्याज भुक्तानी २०८० पुस १८ गते हुनेछ । 

    राष्ट्र बैंकले आजै मात्रै १० अर्ब रुपैयाँको निक्षेप बोलकबोल गरेको छ । यसअघि पुस १ गते यो उपकरण प्रयोग गरी राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो। गत मंसिर महिनामा भने राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आठपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।

     


    images
    images

    Logo