काठमाडौं । धादिङको रोराङमा सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ लालटिन बजार स्थित पृथ्वी लोकमार्गमा सुख्खा पहिरो खसेको प्रहरीले जनाएके छ ।
सोही कारण बाटो दुई तर्फी बन्द भएको छ । पहिरो हटाउन जेसिबीसहित प्रहरीको टोली खटिएको छ ।