images
images

कात्तिक सम्ममा वाणिज्य बैंकको नाफा २२ अर्ब १७ करोड, कसले कति कमाए ?


  • 519
    SHARES
  • २०८० पौष २ गते सोमबार

    कात्तिक सम्ममा वाणिज्य बैंकको नाफा २२ अर्ब १७ करोड, कसले कति कमाए ?

    काठमाडौं । चालु आर्थिक वर्षको चौथो महिना कात्तिक सम्ममा वाणिज्य बैंकहरुले २२ अर्ब भन्दा बढी नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनीक गरेको ४ महिनाको तथ्यांक अनुसार बैंकहरुले २२ अर्ब १७ करोड रुपैयाँ बराबर नाफा बनाउन सकेका हुन् । 

    उक्त अवधिमा नबिल बैंकले सर्वाधिक २ अर्ब १६ करोड रुपैयाँ नाफा गरेको छ । १ अर्ब ९४ करोड रुपैयाँ नाफा सहित ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकले पनि १ अर्ब भन्दा धेरै नाफा गरेका छन् ।

    कात्तिक महिनासम्म कृषि विकाश बैंक भने २ करोड ७८ लाख रुपैयाँ घाटामा छ । 

    कात्तिक सम्ममा कसले कति कमाए ?

    नबिल बैंक – २ अर्ब १६ करोड
    ग्लोबल आईएमई बैंक – १ अर्ब ९४ करोड
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक – १ अर्ब ८६ करोड
    प्राइम कमर्सियल बैंक – १ अर्ब ५३ करोड
    हिमालयन बैंक – १ अर्ब ५० करोड
    एनआईसी एशिया बैंक – १ अर्ब ३७ करोड
    एनएमबी बैंक – १ अर्ब २३ करोड
    राष्ट्रिय वाणिज्य बैंक – १ अर्ब २० करोड
    एभरेष्ट बैंक – १ अर्ब ८ करोड
    प्रभू बैंक – १० करोड ५७ लाख 
    स्ट्याण्डर्ड चाटर्ड बैंक – ९ करोड ८१ लाख 
    कुमारी बैंक – ८ करोड ८८ लाख 
    सानिमा बैंक – ७ करोड ७७ लाख 
    माछापुच्छ्रे बैंक – ६ करोड ७१ लाख 
    नेपाल बैंक – ६ करोड ६८ लाख 
    नेपाल एसबीआई बैंक – ६ करोड ५ लाख 
    सिटिजन्स बैंक – ५ करोड ८२ लाख 
    लक्ष्मी सनराईज बैंक – ५ करोड १५ लाख 
    सिद्धार्थ बैंक – ३ करोड ३३ लाख 
    कृषि विकाश बैंक – (२ करोड ७८ लाख घाटा) 


    images
    images

    Logo