images
images

४२ मेगावाटको सुपरन्यादी जलविद्युतको ६० प्रतिशत काम सम्पन्न


  • 398
    SHARES
  • २०८० पौष १ गते आइतबार

    ४२  मेगावाटको सुपरन्यादी जलविद्युतको ६० प्रतिशत काम सम्पन्न

    लमजुङ । गण्डकी प्रदेशअन्तर्गत लमजुङमा निर्माणाधीन ४२.६० मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजना हालसम्म ६० प्रतिशत निर्माण भएको छ । सिउरी न्यादी हाइड्रोपावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका वडा नं। ६ स्थित ङादीखोलामा निर्माणाधीन यस आयोजनाको अझै ४० प्रतिशत निर्माणकार्य बाँकी रहेको आयोजनाले जनाएको छ । 

    यस आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ सम्पन भएको छ । आयोजनाका प्रवन्धक निर्देशक दिनेश गुरुङका अनुसार विद्युत् गृह निर्माणका लागि ३८७ मिटर सुरुङ मार्ग, ६ हजार ८ सय किलोमिटर सुरुङमार्गमध्ये ४ किलोमिटर टनेलको सुरुङ, भूमिगत पावर हाउस खन्ने, सुरुङका लागि दुईवटा अडिट टनेलसहित ५०० मिटर खन्नेजस्ता  काम सम्पन्न भइसकेको छ । त्यस्तै ड्याम साइडसम्मको २२ किलोमिटर सडक निर्माणलगायत काम पनि सम्पन्न भइसकेको उहाँको भनाइ थियो । 

    निर्देशक गुरुङले भने, “अहिले आयोजनाको नौ वटा ठाउँबाट विभिन्न कामहरु भइरहेका छन् । आयोजनामा हाल ५०० कामदारले काम गरिरहेका छन् । हेलिकोप्टरमार्फत् (एयरलिफ्ट गरी) सामान पु¥याएर बाँध र ड्यामसाइडबाट सडक खन्ने गरिएको थियो ।”
     
    आयोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) अनुसार दुई वर्षभित्र अर्थात् (२०८१ असारभित्र) विद्युत् उत्पादन सुरु गरिसक्नु पर्नेमा उनले सम्झौताअनुसार समय सिमाभित्र सम्पन्न हुन नसक्ने बताए । कोरोना महामारीका कारण एक दिनमा हुने काम सात दिन लाग्नाका साथै कामदार आउन समस्या, सामग्री ढुवानीमा समस्यालगायतले निर्माण कार्यमा ढिलाई भए पनि २०८२ साल असारभित्र सम्पन्न हुने अनुमान छ ।

    हाई हिमालय र धवलागिरी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको यो आयोजनामा एनएमबी बैंकको अगुवाइमा छ वटा वित्तीय संस्थाले ५ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गर्नेछ । प्रवर्दधकको इक्वीटी (स्वपूँजी) १ अर्ब ७५ करोड रुपैयाँ रहनेछ ।  उक्त बैंक एवं वित्तीय संस्थाको ७५ प्रतिशत र प्रवर्दधकको २५ प्रतिशत हिस्सा रहने आयोजनाले जनाएको छ । करिब ७ अर्ब रुपैयाँको लागतमा निर्माणको काम पूरा गरिने आयोजनाको लक्ष्य छ । 

    आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत्गृहदेखि ११ किलोमिटर टाढाको टारीकुनामा निर्माण गरिने १३२ केभी प्रसारण लाइन खुदी सबस्टेसनमा जोडिने भएको छ । सबस्टेसनसम्मको प्रसारण लाइन आयोजनाले नै निर्माण गर्ने भएको छ । यस आयोजनाका अनुसार वर्षात्को छ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदयामको ६ महिनामा ८ रुपैयाँ ४० पैसाको दरले विद्युत् खरिदबिक्री गरिने भएको छ ।


    images
    images

    Logo