काठमाडौं । आयको कर बुझाउने भोलि मंसिर ३० गते अथात् शनिबार अन्तिम दिन रहेकोले नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने सबै प्रकार शाखा र काउन्टरहरु खुला राख्न बैंकहरुलाई निर्देशन दिएको छ।
अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागको अनुरोधमा राष्ट्र बैंकहरुले यस्तो निर्देशन दिएको छ। विभागले भोलि मंसिर ३० गते आर्थिक ऐन, २०८० ले प्रदान गरेको छुट तथा सुविधामा सहभागी हुने अन्तिम दिन रहेको र राजस्वसमेत दाखिला गर्ने समय भएकोले राष्ट्र बैंकले बैंकहरुलाई राजस्व संकलन काउन्टर र शाखाहरु खुला गर्न निर्देशन दिएको हो।
भोलि राजस्व संकलन गर्ने सबै प्रकारका शाखा तथा काउन्टर एवं नेपाल क्लियरिङ हाउस खुला गरी राजस्व बुझ्ने एवं राजस्व जम्मासम्बन्धी चेक क्लियरिङ गर्ने व्यवस्था गर्न गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ।




