images
images

कात्तिकमा १ खर्ब १२ अर्ब रेमिटेन्स भित्रियो, शोधानान्तर स्थिति ४८ अर्बले बढ्यो 


  • 528
    SHARES
  • २०८० मंसिर २८ गते बिहीबार

    कात्तिकमा १ खर्ब १२ अर्ब रेमिटेन्स भित्रियो, शोधानान्तर स्थिति ४८ अर्बले बढ्यो 

    काठमाडौं ।  चालु आर्थिक बर्षको कात्तिक महिनामा १ खर्ब १२ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको ४ महिनासम्ममा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भई ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।  

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो  ।  असोज मसान्तसम्म तुलनामा यस महिना ४१ खर्ब १२ अर्ब बढी रेमिटेन्स भित्रिएको छ । चालु आर्थिक बर्षको असोज मसान्तसम्म विप्रेषण आप्रवाह ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । 

    त्यस्तै, सो अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृछि भई ३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो । 

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४ सय ७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८ सय ४१ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७ सय ३५ र ८७ हजार ४ सय २८ रहेको थियो।

    समीक्षा अवधिमा खुद ट्रान्सफर २४.९ प्रतिशतले वृद्धि भई ५ खर्ब २१ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २०.२ प्रतिशतले बढेको थियो। 

    शोधानान्तर स्थिति ४८ अर्बले बढ्यो 

    चालु आर्थिक बर्षको कात्तिक महिनामा शोधानान्तर स्थिति ४८ अर्बले बढेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो । त्यस्तै, असोज मसान्तसम्म तुलनामा यस महिना ४८ अर्बले बढेको छ । असोजमसान्तसम्म शोधनान्तर स्थिति ९९ अर्ब ७ करोड रुपैयाँले बचतमा रहेको थियो । 

    त्यस्तै, अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको छ । 

    समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा रहेको छ । 

    समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४६.६ प्रतिशतले कमी आई १ अर्ब ५९ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर २ अर्ब ९७ करोड रुपैयाँँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४२ करोड ९२ लाख रुपैयाँ रहेको थियो ।

    विदेशी विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब रुपैयाँ पुग्यो 

    कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले वृद्धि भई २०८० कात्तिक मसान्तमा १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको हो । 

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० कात्तिक मसान्तमा ८.९ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । 

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० कात्तिक मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई १४ खर्ब ९० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । 

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० कात्तिक मसान्तमा ६.४ प्रतिशतले वृद्घि भई २ खर्ब ५ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । २०८० कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत रहेको छ । 


    images
    images

    Logo