images
images

२० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक 


  • 385
    SHARES
  • २०८० मंसिर २७ गते बुधबार

    २० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक 

    काठमाडौं । नेपाल राष्ट्र बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न विहीबार फेरि २० अर्ब रुपैयाँ तान्ने भएको छ । जसका लागि विहीबार दिँउसो २ बजे बोलकबोल हुनेछ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । 

    १४ दिने यो निक्षेप संकलन उपकरणको पुस १२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। योसँगै राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न मंसिरमा मात्रै ९ औं पटक यो उपकरण प्रयोग गर्न लागेको हो।

    यसअघि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले मसिंर २२ गते २० अर्ब,  मंसिर २१ गते २५ अर्ब रुपैयाँ, मंसिर २० गते १० अर्ब रुपैयाँ, मंसिर १७ गते १० अर्ब रुपैयाँ, मंसिर १४ गते १५ अर्ब रुपैयाँ, मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर ६ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।

     


    images
    images

    Logo