images
images

नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने भारतको निर्णय


  • 365
    SHARES
  • २०८० मंसिर २१ गते बिहीबार

    नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने भारतको निर्णय

    काठमाडौं । नेपालबाट भारत सरकारले थप बिजुली किन्ने भएको छ । भारतीय सञ्चारमाध्यम न्यूएजले उल्लेख गरेअनुसार हाल खरिद गरिरहेकामा थप ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको हो ।

    भारतले नेपालबाट हाल ६३० मेगावाटभन्दा बढी बिजुली किनिरहेको छ । थप ४० मेगावाट बिजुली किन्दा भारतमा नेपालबाट ६७० मेगावाट भन्दा बढी बिजुली निर्यात हुनेछ । 

    उक्त बिजुली भारत सरकारले नेपालबाट राष्ट्रिय ग्रीडको प्रयोग गरेर सिधा खरिद गर्नेछ ।

    नेपालबाट थप ४० मेगावाट नवीकरणीय ऊर्जा किन्ने निर्णयसँगै भारत सरकारले प्राकृतिक ग्यास खरिदलाई समेत स्वीकृत गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । 


    images
    images

    Logo