काठमाडौँ । रुकुम पश्चिमको सोती घटनामा नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ । आज रुकुम जिल्ला अदालतका न्यायाधीश खड्गबहादुर केसीको इजलासले हाल थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।
आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइ अन्तर्गतको बहस मंगलबार सकिएको हो। यसअघि नै धरौटीमा छुटेका ८ जनाले भने सफाइ पाएका छन् । साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन् ।
नवराज विककी प्रेमिकाकी बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २/२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । उनीहरुमाथि ६ जनाको ज्यान मारेको, अरु १२ जना घाइतेहरुको ज्यान मार्ने प्रयास गरेको र जातीय छुवाछुत गरेको आरोप थियो ।



