images
images

तस्करले अमेरिका पुर्‍याएका चार वटा पुरातात्त्विक मूर्ति नेपाललाई फिर्ता


  • 317
    SHARES
  • २०८० मंसिर १९ गते मंगलबार

    तस्करले अमेरिका पुर्‍याएका चार वटा पुरातात्त्विक मूर्ति नेपाललाई फिर्ता

    काठमाडौं । नेपालबाट चोरी गरी तस्करले अमेरिका पुर्‍याएका चार वटा पुरातात्त्विक मूर्ति अमेरिकाले नेपाल सरकारलाई फिर्ता गरेको छ । न्यूयोर्कमा विशेष कार्यक्रम गरी नेपाली महावाणिज्य दूतावासमार्फत् ती मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो । १६ औँ र १७ औँ शताब्दीका पुरातात्त्विक मूर्ति लामो अनुसन्धानपछि अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो ।

    फिर्ता गरिएका पुरातात्त्विक मूर्तिमा दुई वटा भैरव तथा शिव पार्वती (उमा महेश्वर) र दुर्गाको ढुङ्गाको मूर्ति रहेका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले जानकारी दिए । उनले प्राप्त मूर्ति परराष्ट्र मन्त्रालय, पुरातत्त्व विभाग र अन्य सम्बन्धित निकायसँग समन्वय गरी छिट्टै नेपाल पठाउने बताएका छन् ।


    images
    images

    Logo