images
images

जाजरकोट भूकम्प : चार हजार लाभग्राही थपिए


  • 315
    SHARES
  • २०८० मंसिर १८ गते सोमबार

    जाजरकोट भूकम्प  : चार हजार लाभग्राही थपिए

    काठमाडौं । जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या थपिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झन्डै चार हजारभन्दा बढी लाभग्राही थपिएका छन् ।

    यसअघि २८ हजार ५ सय २७ लाभग्राहीको सङ्ख्या रहेकामा अहिले बढेर ३२ हजार ५ सय १ जना पुगेको प्राधिकरणका प्रवक्ता धु्रवबहादुर खड्काले जानकारी दिए । प्राप्त विवरणअनुसार बझाङमा २ हजार ४, बाजुरामा २ हजार ५ सय ५५ जाजरकोटमा १३ हजार सात सय १८ र रुकुमपश्चिममा १४ हजार दुई सय २४ जना लाभ्रगाही कायम भएका छन् ।

    उनले अहिलेसम्म १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिलो किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको छ । लाभग्राही प्रमाणित भएकामध्ये १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिला किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको खड्काले जानकारी दिए ।

    भूकम्पपीडितको राहत व्यवस्थापनको मुख्य जिम्मेवार पालिकाको रहेकाले छिटोभन्दा छिटो रकम वितरण गरेर अस्थायी घर बनाउनुपर्नेमा प्राधिकरणले जोड दिएको छ । प्रवक्ता खड्काले लाभग्राही कायम गरेर मन्त्रालयमा आइपुगेकाहरुको हकमा भने विलम्ब नगरी रकम निकासा गरिरहेको पनि जानकारी दिए ।


    images
    images

    Logo