images
images

रुसी सेनामा गएका ६ जनाको मृत्यु भएको पुष्टि


  • 395
    SHARES
  • २०८० मंसिर १८ गते सोमबार

    रुसी सेनामा गएका ६ जनाको मृत्यु भएको पुष्टि

    काठमाडौं । रुसी सेनामा गएका ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुको मृत्यु भइसकेको जानकारी प्राप्त भएको बताएको हो । 

    मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलबस्तुको वाणगंगा–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जा पुतलीबजार–५ का पितम कार्की, दोलखाको मेलङ–६ का राज कुमार रोका र इलामका गंगाराज मोक्तान रहेका छन् ।

    नेपाल सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरेको छ ।


    images
    images

    Logo