images
images

यस पटकको जाडो मौसममा औषतभन्दा धेरै वर्षा हुने


  • 755
    SHARES
  • २०८० मंसिर १८ गते सोमबार

    यस पटकको जाडो मौसममा औषतभन्दा धेरै वर्षा हुने

    काठमाडौं । नेपालमा यो पटक जाडो मौसममा औषत भन्दा बढि वर्षा हुने मौसम पूर्वामान महाशाखाले जनाएको छ । सामान्यतया हिउँदमा नेपालमा ६० दशमलव ४ मिलिमिटर वर्षा हुने गरेको छ । 

    डिसेम्बर एक देखी फेब्रुअरीको अन्त्य सम्मलाई नेपालमा हिउँदयामका रुपमा मौसमी प्रणालीमा गणना गरीन्छ । यस वर्ष त्यही ६० दशलमव ५ मिलिमिटर भन्दा बढि वर्षा हुने अनुमान महाशाखाले गरेको हो । यो गत ३० वर्ष हिउँदमा भएको वर्षाको औसत मापन हो ।

    गत वर्षको हिउँदमा काठमाडौं उपत्यामा ११ मिलिमिटर मात्रै वर्षा भएको थियो । यसवर्ष नेपालको पश्चिम क्षेत्रमा अधिक र तुलनात्मक रुपमा पूर्वी क्षेत्रमा हिउँदे वर्षा कम हुनेछ । 

    पश्चिमी वायु प्रभावका कारण जाडोको मौसमी प्रणाली विकास भैसकेको महाशाखाले उल्लेख गरेको छ । उच्चपहाडी भेगमा हिमपात र मध्यपहाडी तथा तराईका जिल्लामा आगामि तिन महिनामा औषत भन्दा बढि वर्षा हुने अनुमान गरीएको मौसमविद सरोज पुडासैनिले जानकारी दिए । 

     


    images
    images

    Logo