images
images

हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 779
    SHARES
  • २०८० मंसिर १८ गते सोमबार

    हालसम्मकै उच्च मुल्यमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाला सुनको मल्य प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८ सय रुपैयाँले बढेर १ लाख २१ हजार ६ सय रुपैयाँमा कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो। यसअघि उच्च रेकर्ड कायम गर्दै आइतबार अथात् हिजो १ लाख २० हजार ८ सय रुपैयामा कारोबार भएको थियो ।

    त्यस्तै, त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

     

     


    images
    images

    Logo