काठमाडौं । चालू आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मंगलबार सार्वजनिक हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारको सञ्चालक समितिको बैठक बोलाएको छ ।
राष्ट्र बैंकले उच्च व्यवस्थापन तहमा छलफल भएपश्चात मंगलबार सञ्चालक समितिले पारित गरेपछि समीक्षा सार्वजनिक गरिने भएको कारण शून्य एजेण्डाको साथै बोर्डका पदाधिकारीहरुलाई डाकिएको छ। चालू आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने समय घर्किसकेको अवस्थामा बैठकमा उक्त विषय एजेण्डा हुन सक्ने बताइएको छ ।
चालू आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा भएको छैन। तीन महिनाको तथ्यांकहरु प्रकाशनपछि त्यसकै आधारमा नीतिहरुको ‘रिभ्यू’ गर्ने काम राष्ट्र बैंकले गर्दै आएको छ।