काठमाडौं । प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन् ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको शेयर खरिदबिक्रीमा कर छली भएको दाबी गरे । “जुन कम्पनीको वार्षिक ४० अर्ब रुपैयाँभन्दा बढी आम्दानी छ, त्यो कम्पनी साढे ६ अर्ब रुपैयाँमा कसरी बिक्री हुन्छ ? यो पत्याउन सकिन्न”, सांसद सिंहले भने ।
सन् २०१६ मा तत्कालिन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर १ अर्ब ३६ करोड ५० लाख रुपैयाँ अमेरिकी डलर अर्थात १ खर्ब ४४ अर्ब ७ करोड रुपैयाँमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो । तर अहिले सोही शेयर ५ करोड डलर अर्थात् साढे ६ अर्ब रुपैयाँमा बिक्री गरिएकोप्रति उहाँले शंका व्यक्त गरे ।



