images
images

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा शव फेला


  • 374
    SHARES
  • २०८० मंसिर १७ गते आइतबार

    खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा शव फेला

    हेटौँडा । मकवानपुरको हेटौँडामा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा १ जना पुरुषको शव फेला परेको छ । हेटौँडा–२, चौकीटोलस्थित खाद्य व्यवस्था कम्पनीको खुला कोठाभित्र शनिबार १ जना पुरुषको शव फेला परेको हो । 

    जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५४ वर्षीय पुरुषको शव फेला परेको जनाएको छ । सुतिरहेको स्थानमा उनी मृत फेला परेका हुन् । 

    प्रहरीका अनुसार मृत फेला पर्ने पुरुषको पहिचान खुलेको छैन । प्रहरीका अनुसार उनी हेटौँडा बजारमा प्लास्टिक बटुल्दै हिँड्ने गरेका थिए । 

    घटनास्थलबाट मुचुल्कापछि शव हेटौँडा अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo