काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्ताको हात खाली बनाएको छ । मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
मंसिर १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
सो निर्णय गरी लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरिएको छ।