काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार छापावाला सुनको मल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो।
गत साताको बुधबार सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड कायम गरेको थियो । उक्त रेकर्डलाई ब्रेक गर्दै आज अथात् आइतबार सुनको मुल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर १ लाख २० हजार ८ सय रुपैयाँमा कायम भएको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।