images
images

वित्तीय विवरण नबुझाएका ३० कम्पनीलाई सात दिनभित्र सम्पर्क गर्न प्राधिकरणको अल्टिमेटम


  • 249
    SHARES
  • २०८० मंसिर १७ गते आइतबार

    वित्तीय विवरण नबुझाएका ३० कम्पनीलाई सात दिनभित्र सम्पर्क गर्न प्राधिकरणको अल्टिमेटम

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले वित्तीय विवरण नबुझाएका ३० वटा कम्पनीलाई सात दिनभित्र सम्पर्क गर्न सूचना जारी गरेको छ । दूरसञ्चार सेवा सञ्चालनको लागि अनुमति पत्र प्राप्त ३० कम्पनीले नियमानुसार बुझाउनु पर्ने अडिटेड वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा बुझाएको नदेखिएको प्राधिकरणले आज निकालेको सूचनामा उल्लेख छ ।

    बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक/पटक सम्पर्क एवम् पत्राचार गर्दा समेत सम्पर्क हुन नसकेको हुँदा तोकिएको ७ दिनभित्र प्राधिकरणमा सम्पर्क गर्न आग्रह गरिएको छ । तोकिएको अवधिभित्र सम्पर्कमा नआएमा प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमति पत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाउने चेतावनी दिइएको छ ।

    NTA.png


    images
    images

    Logo