images
images

ट्राभल्सको युजर आईडी ह्याक : १ करोड ९९ लाखको टिकट चोरी, थप १ जना पक्राउ


  • 307
    SHARES
  • २०८० मंसिर १६ गते शनिबार

    ट्राभल्सको युजर आईडी ह्याक : १ करोड ९९ लाखको टिकट चोरी, थप १ जना पक्राउ

    काठमाडौं । जियोल्यान्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आईडी ह्याक गरेर दुई वटा एअरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप एक जनालाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा मर्स्याङ्दी ट्राभल्सका सञ्चालक तथा पर्वत घर भएका ४७ वर्षीय हरिप्रसाद सुवेदी रहेका सीआईबीका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए । 

    उनले भने, ‘जियोल्यान्ड ट्राभल्सको युजर आईडी ह्याक गरेर दुई वटा एअरलाइन्सको टिकट चोरी गरेको घटनामा सुवेदीलाई पक्राउ गरिएको छ । उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।’

    यसअघि यही मङ्सिर ६ गते ब्युरोको टोलीले सामाखुसीमा रहेको मस्याङ्दी ट्राभल्सका म्यानेजर नारायण सुवेदीलाई पक्राउ गरेको थियो । आरोपीहरुले बालुवाटारमा रहेको जियोल्यान्डको युजर आईडी ह्याक गरेर जजिरा र एअर अरेबियाको टिकट चोरी गरेको आरोप छ । 

    ह्याकरहरुले पटकपटक गरेर एक करोड ९९ लाख ८२ हजार रुपैयाँ बराबरको टिकट चोरी गरेका ब्युरोको अनुसन्धानबाट खुलेको प्रवक्ता कुँवरले बताए । उनले भने, ‘अहिलेसम्म कम्तीमा पनि तीन सय ३७ नेपाली र विदेशी नागरिकका नाममा अवैध तरिकाले टिकट चोरी गरेको भेटिएको छ ।


    images
    images

    Logo