images
images

अस्थायी आवासका लागि थप चौबीस करोड पठाइयो


  • 290
    SHARES
  • २०८० मंसिर १६ गते शनिबार

    अस्थायी आवासका लागि थप चौबीस करोड पठाइयो

    काठमाडौं । जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताबापतको थप चौबिस करोड रुपैयाँ निकासा गरिएको छ । 

    बिहीबारसम्म २२ करोड नौ लाख रुपैयाँ रकम निकासा गरिएकोमा शुक्रबार थप २३ करोड ७३ लाख रकम निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए । 

    हालसम्म लाभग्राही प्रमाणित भएका २८ हजार पाँच सय २७ मध्ये १८ हजार तीन सय २८ लाभग्राहीका लागि पहिलो किस्ताबापत ४५ करोड ८२ लाख रकम निकासा भएको खड्काले जानकारी दिए । उनका अनुसार निकासा गरिएको रकम जाजरकोट जिल्लाका प्रभावितका लागि समेत छ ।

    उनका अनुसार जाजरकोटका नौ हजार एक सय १६ मध्ये तीन हजार तीन सय नौ जना लाभग्राहीलाई आठ करोड २७ लाख २५ हजार रुपैयाँ पहिलो किस्ताबापतको रकम पठाइएको छ ।  

    यस्तै बाजुराका एक हजार तीन सय ९६ मध्ये दुई सय १४ परिवारलाई ५४ लाख ५० हजार रुपैयाँ, रुकुम पश्चिमका १४ हजार दुई सय २४ लाभग्राहीका लागि ३५ करोड ५६ लाख रुपैयाँ, बझाङका दुई हजार ३६ लाभग्राहीमध्ये पाँच सय ७७ परिवारका लागि एक करोड ४४ लाख २५ हजार रुपैयाँ रकम निकासा भएको छ । 

    अझै सल्यानका एक हजार चार सय ८५ लाभग्राहीका लागि रकम निकासा गर्न बाँकी रहेको र छिट्टै निकासा हुने प्राधिकरणले जनाएको छ । 


    images
    images

    Logo