images
images

पुटिनले देशका महिलालाई भने ‘जनसंख्या संकट टार्न कम्तीमा ८ सन्तान जन्माउनु’


  • 282
    SHARES
  • २०८० मंसिर १६ गते शनिबार

    पुटिनले देशका महिलालाई भने ‘जनसंख्या संकट टार्न कम्तीमा ८ सन्तान जन्माउनु’

    काठमाडौं । रुसका राष्ट्रपति भ्लादमिर पुटिनले जनसंख्या संकट टार्न आफ्ना देशका महिलालाई कम्तीमा ८ सन्तान जन्माउन सुझाव दिएका छन् । पुटिनले आगामी केही दशकसम्म जनसंख्या बढाउने लक्ष्यसहित रुसी महिलाले बच्चा जन्माउने दर बढाउनुपर्ने बताएका हुन् । 

    हालको समयमा पनि कतिपय नागरिक सामूहिक परिवारमा बस्ने गरेका कारण चारदेखि पाँच सन्तान जन्माइरहेको जिकिर समेत उनले गरे । तर अब यो दरलाई बढाएर एक महिलाले ८ जनासम्म सन्तान जन्माउनुपर्ने पुटिनले बताए ।

    पुटिनले आफूहरूका हजुरआमा, जिजुआमाहरूले ८ सन्तान जन्माएको बताउँदै अबको पुस्ताले पनि त्यसलाई निरन्तरता दिएर घट्दो जनसंख्यालाई सन्तुलनमा राख्नुपर्नेमा जोड दिएका हुन् ।

    पुटिनले वर्ल्ड रसियन पिपुल्स काउन्सिललाई सम्बोधनका क्रममा सबै नागरिकले सामूहिक परिवारलाई आदर्श मान्नुपर्ने पनि उल्लेख गरे ।

    राष्ट्रपतिले सम्बोधनका क्रममा सबै रुसी सार्वजनिक संस्थान र कार्यालयले पनि परम्परागत मान्यता, धर्म र सामूहिक परिवारको नीतिलाई बढावा दिनुपर्ने बताए ।

    २० महिनादेखि युक्रेनसँग युद्ध गरिरहेको रुसका हजारौँ सैनिक मारिएका छन् । युद्धले युवा गुमाउनु परिरहेको अवस्थामा पुटिनको यो भनाइ आएको हो ।

    विश्वकै ठूलो भूगोल भएको रूसको जनसंख्या जनवरी २०२३ सम्म १४ करोड ६४ लाख थियो । जुन जनसंख्या सन् १९९९ मा पुटिन पहिलोपटक राष्ट्रपति हुँदाको समयभन्दा कम हो । 


    images
    images

    Logo