images
images

भरतपुर अस्पतालमा थपियो आईसीयूको शैय्या


  • 250
    SHARES
  • २०८० मंसिर १६ गते शनिबार

    भरतपुर अस्पतालमा थपियो आईसीयूको शैय्या

    चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष आईसीयूमा शैय्या थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार शैय्या थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो ।

    अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलले बिरामीको चापअनुसार शैय्या अभाव भएपछि थप गरिएको बताए । उनका अनुसार अस्पतालको सघन उपचार कक्षमा झण्डै शतप्रतिशत बिरामीको भर्नादर (अकुपेन्सी) हुने गरेको छ । एउटा शैय्या सर्पदंशका बिरामीका लागि छुट्याइएको छ । 

    उनका अनुसार निजी अस्पतालको सघन उपचार कक्षमा एक दिनमा १५ हजार रुपैयाँ हाराहारी खर्च हुने गर्दछ भने सरकारी अस्पतालमा एक दिनको शैय्या शुल्क दुई हजार रुपैयाँ मात्र पर्दछ । 

    अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार यसका अतिरिक्त २० श्ययाको बाल सघन उपचार कक्ष र छ शैय्याको पीआईसीयू सञ्चालनमा छन् । अस्पतालमा छ सय शैय्या छन् । चितवनसहित छिमेकी जिल्लाबाट यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् । यो सङ्घीय अस्पताल हो । यहाँ दैनिक तीन हजारसम्म बहिरङ्ग सेवामा बिरामी उपचारका लागि आउने गरेको तिवारीले जानकारी दिए ।

    सङ्घीय अस्पताल भएर पनि न्यून दरबन्दीमात्र स्वीकृत रहेकाले विकास समितिका चिकित्सक, कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदै आएको छ ।


    images
    images

    Logo