images
images

कोप २८ ‘अहिलेसम्मकै सबैभन्दा ठूलो’ कोप सम्मेलन, असी हजार प्रतिनिधि यूएईमा


  • 291
    SHARES
  • २०८० मंसिर १५ गते शुक्रबार

    कोप २८ ‘अहिलेसम्मकै सबैभन्दा ठूलो’ कोप सम्मेलन, असी हजार प्रतिनिधि यूएईमा

    कोप २८ आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन भएको आयोजकले जनाएको छ । सम्मेलनमा ८० हजार सहभागीहरूले पहिलो पटक आवद्धता देखाउने सूचीमा आफ्नो नाम दर्ता गराएका छन् ।

    यस वर्ष सम्म, भाग लिनेहरूले कसको लागि काम गर्छन् भनेर खुलाउने प्रचलन थिएन यसले गर्दा पक्षधरहरू पत्ता लगाउन र वार्ताकारहरूको सम्भावित स्वार्थको द्वन्द्वपहिचान गर्न गाह्रो हुन्थ्यो ।प्राविधिक र सुरक्षा कर्मचारीहरूसहित लगभग १ लाख ४ हजार व्यक्तिहरूले यस वर्ष वास्तविक जलवायु वार्ता र उपस्थित राज्य र सङ्गठनहरूको मञ्चका लागि समर्पित ‘ब्लू जोन’ मा पहुँच पाएका छन् । 

    गैरसरकारी संस्थाहरूका अनुसार गत वर्ष इजिप्टमा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलन ‘कोप–२७’ मा ४९ हजार मान्यता प्राप्त व्यक्तिहरू सहभागी भएका थिए, जहाँ तेल र ग्याँसको प्रतिनिधिहरूको सङ्ख्या अधिकांश राष्ट्रिय प्रतिनिधिमण्डलभन्दा बढी थियो । यस वर्ष सम्मेलनमा आधिकारिक सरकारी टोलीका लगभग २३ हजार ५ सय प्रतिनिधिहरू सहभागी बनेका छन् । उनीहरूसँग २७ हजार २० सय ८ नीति विशेषज्ञहरू, शिक्षाविद्हरू, व्यावसायिक संगठनहरूका प्रतिनिधिहरू र पेट्रोलियम पदार्थसम्बन्धी ठूला कम्पनीका वरिष्ठ अधिकारीहरू सम्मेलनस्थलमा पुगेका छन् । 

    यी अतिथिहरूलाई आधिकारिक प्रतिनिधिहरूको रूपमा वार्तामा पहुँचको समान हैसियत छैन, तर उनीहरूको उपस्थितिले वार्तालाई प्रभावित गर्न ठूला व्यवसायको क्षमताको बारेमा चिन्ता बढाएको छ । फोब्र्स पत्रिकाका अनुसार बिल गेट्स र एलभीएमएचका प्रमुख बर्नार्ड अर्नाल्टका छोरा एन्टोनी अर्नाल्ट पनि सम्मेलनमा अतिथिका रूपमा उपस्थित हुनेछन् । मान्यता सूचीमा १४ हजारभन्दा बढी गैरसरकारी संस्थाहरू पनि समावेश छन्, जसमा वातावरणीय समूहहरूदेखि औद्योगिक प्रतिनिधिहरूसम्म समावेश छन् ।

    गत जुनमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जीवाश्म ईन्धन कम्पनीहरूले पृथ्वीको जलवायु परिवर्तनलाई नियन्त्रणबाहिर जानबाट रोक्नका लागि ‘प्रगतिमा अड्चन खडा गर्न बनाइएका प्रभाव र कानुनी खतराहरू नियन्त्रण गर्न र रोक्न’ निर्देशन दिएका थिए । आयोजकका अनुसार दुबई एक्स्पो २०२० को प्रदर्शनीस्थलमा आयोजना गरिएको सम्मेलन परिसरको वरिपरि फैलिएको विशाल ‘हरित क्षेत्र’ मा पुग्न एक दिनको पास प्राप्त गर्न लगभग चार लाख व्यक्तिहरूले निवेदन दर्ता गरेका छन्, जुन व्यवसाय र पर्यावरणीय नवीनता प्रदर्शन गर्ने विशाल मेलामा परिणत भएको छ ।


    images
    images

    Logo