images
images

रूपन्देहीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु


  • 334
    SHARES
  • २०८० मंसिर ४ गते सोमबार

    रूपन्देहीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

    काठमाडौं । रूपन्देहीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमास्थित ड्राइभरटोलमा सोमबार ट्रकले ठक्कर दिँदा दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा एक महिला र एक पुरुष छन् । 

    बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु ४९ प २२३० नम्बरको मोटरसाइकललाई ना ६ ख ८१६१ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा तिलोत्तमाका माधव देवकोटा र उनीसँगै मोटरसाइकलको पछाडि सवार महिलाको मृत्यु भएको हो ।

    देवकोटा सहकारी अभियान्तासमेत हुन् । महिलाको परिचय खुलेको छैन ।

    मृतकहरू दुवैको शव मणिग्रामस्थित क्रिमसन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


    images
    images

    Logo