images
images

टिकटक प्रतिबन्ध विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा


  • 327
    SHARES
  • २०८० मंसिर ४ गते सोमबार

    टिकटक प्रतिबन्ध विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

    काठमाडौं । सरकारले टिकटकमा लगाएको प्रतिबन्ध विरुद्ध दायर भएको मुद्दा सुनुवाइ नहुने भएको छ । सोमबार न्यायाधीश कुमार चुडालको एकल इजलासमा मुद्दाको पेसी तोकिएको थियो ।

    न्यायाधीश चुडाल सहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने भएको हो ।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित १० जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।  

    कात्तिक २७ गते सरकारले छोटा भिडियो अपलोड गरिने सामाजिक सञ्जालले समाजमा नकारात्मक असर पारेको भन्दै बन्देज लगाउने निर्णय मन्त्रिपरिषद्‌बाट गरेको थियो ।

    उक्त निर्णयले संविधानको धारा १७(२(क) ले सुनिश्चित गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दाबी गर्दै १० वटा रिट निवेदन गत शुक्रबार सर्वोच्च अदालतमा दर्ता  भएका थिए । सोमबार सुनुवाइ नभएपछि मंगलबारका लागि पेसी राख्ने तयारी सर्वोच्च प्रशासनले गरेको छ ।


    images
    images

    Logo