images
images

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते


  • 264
    SHARES
  • २०८० मंसिर ४ गते सोमबार

    रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाइते

    काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका छन् । आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका–८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो । 

    जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ । घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ ।  उक्त घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo