काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार १ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।