images
images

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजबाट सुनुवाइ हुने


  • 349
    SHARES
  • २०८० मंसिर ४ गते सोमबार

    टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजबाट सुनुवाइ हुने

    काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्धको रिटमा आजबाट सुनुवाइ हुने भएको छ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आजबाट सुनुवाइ हुन लागेको हो ।

    कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत खुलेकै दिन १० रिट दर्ता भएका थिए ।

    आइतबार छठ पर्वको बिदा परेकाले सबै रिटमा सोमबारका लागि सुनुवाइ तोकिएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिएका छन् ।

    सबै रिटमाथि एकसाथ सुनुवाइ हुनेछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी पर्शुराम पाण्डेसहित १० जनाले रिट दायर गरेका छन् ।


    images
    images

    Logo