काठमाडौं । शैक्षिक भ्रमणको शिलशिलामा इलामको कन्याम पुगेर फर्कदै गरेको बस दुर्घटनामा परेको छ । धनुषाको जनकपुरबाट विद्यार्थी बोकेर इलामको कन्याम पुगेको आइतबार बेलुका कन्यामबाट फर्कने क्रममा रोङ गाउँपालिका– ३ कोल्बुङमा दुर्घटना भएको हो ।
बेलुका साढे ५ बजे दुर्घटनामा परेको बसमाा ३७ जना सवार रहेको थिए । बसमा सवार मध्ये ३६ जनाको उद्दार गरी उपचारका लागि विर्तामोड पठाइएको छ । ना ६ ख ८४२४ नम्बरको बस सडकबाट ३०० मिटर तल भीरमा खसेर रूखमा अड्किएको हो।
बसमा च्यापिएका थप एक जनाको उद्धार गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था अहिले नै भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।