काठमाडौं । विश्वकप फाइनलमा भारतले खराब प्रदर्शन गरेको छ । आज भारतको अहमदास्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएके खेलमा भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २४० रन बनाएर अष्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको हो ।
टस जितेर पनि पहिले फिल्डिङ रोजेर जोखिम उठाएको अष्ट्रेलियाले भारतलाई सस्तैमा समेट्दै आफ्नो रोजाईलाई पुष्टि गरेको छ । भारतका टप अडर ब्याटरहरु आज सस्तैमा समेटिए । भारतका लागि केएल राहुलले सर्वाधिक ६६ रन तथा विराट कोहोलीले ५४ रनसहित अर्धशतकीय पारि खेल्नुबाहेक अन्य ब्याटरहरुले उत्कृष्ठ प्रदर्शन गर्न सकेनन् ।
ओपनरद्वय कप्तान रोहित शर्मा ३१ बलमा ४७ रनसहित उत्कृष्ठ स्ट्राइक रेटसहित आउट भए । अर्का ओपनर शुभमन गिल भने ४ रनमै आउट भएका थिए ।