images
images

केबुलकारलाई यातायातको रुपमा प्रयोग गर्न आवश्यक छ : कुलमान घिसिङ


  • 360
    SHARES
  • २०८० मंसिर ३ गते आइतबार

    केबुलकारलाई यातायातको रुपमा प्रयोग गर्न आवश्यक छ : कुलमान घिसिङ

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई यातायातको रुपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन् । 

    लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभइ यातायातको हिसाबले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताए ।

    उनले नेपालमा सडक बनाएर डाँडामा पुग्नुभन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए । उनले केबुलकारहरुले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवर्द्धन गर्न र विद्युत् खपत बढाउने काम गरेको बताए । उनले नेपालको भौगोलिक अवस्थालाई बुझेर केबुलकारको सङ्ख्या अझै बढ्नुपर्ने बताए ।

    त्यस्तै, लुम्बिनी केबलकारका अप्रेशन म्यानेजर डीएन कायस्थले दशैँ तिहारको बीचदेखि अहिलेसम्म पर्यटकको भिड रहेको बताए । उनले आफूहरुले अपेक्षा गरेअनुसारकै पर्यटकहरु आएकोमा खुशी व्यक्त गरे ।

    उनले भने, ‘यात्रुहरुको भिड छ । दशैँ तिहारको अफर र छुट्टीको समयमा अपेक्षागरेअनुसार नै यात्रुहरु आउनुभएको छ ।’ उनले लुम्बिनी केबुलकारको टिकट महँगो नभएको बताए ।


    images
    images

    Logo