काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । आइताबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।