images
images

'कसैले पनि खोल्नुपर्ने माग नगरेकाले' छठ पर्वका लागि यसपालि पनि खुलेन रानीपोखरी


  • 341
    SHARES
  • २०८० मंसिर २ गते शनिबार

    'कसैले पनि खोल्नुपर्ने माग नगरेकाले' छठ पर्वका लागि यसपालि पनि खुलेन रानीपोखरी

    काठमाडौं । २०७२ सालको भूकम्पका कारण बन्द भएको रानीपोखरी छठ पर्वका लागि यसपालि पनि खुलेन । यसवर्ष कसैले पनि छठका लागि रानीपोखरी खोल्नुपर्ने माग नगरेकाले नखोलिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

    गएको वर्ष पुनर्निर्माणको काम भैरहेको र महानगरलाई हस्तान्तरण नभएको हुँदा खोलिएको थिएन । महानगरले छठका लागि कमलपोखरी र जलाशयलाई सरसफाइ गरी तयार पार्ने काम गरिसकेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

    छठका लागि आवश्यक शान्तिसुरक्षाको प्रबन्ध समेत महानगरले मिलाउने उनले बताए ।


    images
    images

    Logo