काठमाडौं । विश्वकपको फाइनलमा भारत र अस्ट्रेलियाबीच आइतबार अहमदाबादमा खेल हुँदैछ । विश्वकपको फाइनलमा दुवै टोली आमनेसामने भएको यो दोस्रो पटक हो ।
प्रत्येक चार वर्षमा हुने यस प्रतियोगिताको उपाधि जित्ने प्रयास दुवै टोलीले गर्नेछन् । तर, यहाँ विश्वकप ट्रफी मात्रै होइन ठुलो पुरस्कार राशि पनि छ ।
यस अनुसार अहिलेसम्म भारतले २३ लाख ६० हजार डलर सुरक्षित गरिसकेको छ । फाइनल जितेमा उसले ४३ लाख ६० हजार रुपैयाँ पाउनेछ । अष्ट्रेलियाले २२ लाख ८० हजार डलर सुरक्षित गरिसकेको छ । फाइनल जितेमा उसले ४२ लाख ८० हजार प्राप्त गर्नेछ ।
सेमिफाइनल चरणमा पुगेका टीममध्ये दक्षिण अफ्रिकाले १० लाख ८० हजार डलर र न्यूजिल्याण्डले ९ लाख डलर प्राप्त गरेका छन् ।
त्यस्तै, पाकिस्तान र अफगानिस्तानले समान २ लाख ६० हजार, इङ्ल्याण्डले २ लाख २० हजार तथा बंगलादेश, श्रीलंका र नेदरल्याण्डले समान १ लाख ८० हजार डलर प्राप्त गरेका छन् ।
यस विश्वकपको विजेतालाई आईसीसीले ४० लाख अमेरिकी डलर पुरस्कार राशी तोकेको छ। त्यस्तै, २० लाख अमेरिकी पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, सेमिफाइनल चरण पुगेर फाइनल चरणमा पुग्न नसकेका टोलीलाई आईसीसीले आठ लाख डलर दिएको छ । त्यसबाहेक पहिलो चरणबाट बाहिरिएका सबै ६ टोलीले एक–एक लाख डलर प्राप्त गरेका छन् ।
त्यसबाहेक लिग चरणमा १० वटै टोलीबिच खेलेका ४५ खेलको विजेता टोलीलाई प्रत्येक खेलमा विजयी भएबापत ४० हजार डलर पाएका छन् ।



