काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षणले शुक्रबार ६ फर्ममाथि अनुगमन गरेको छ । शुक्रबार बजार अनुगमनको क्रममा विभागले तरकारी तथा फलफूल पसल र मिठाइ पसललाई जरिवाना गरेको हो ।
विभागको संयुक्त अनुगमन टोलीले बिल बिजक, दर्ता प्रमाण–पत्र राख्नु पर्ने नराखेको र दर्ता प्रमाण पत्र नराखेको गुणस्तर, परिमाण, मुल्य, नापतौलमा हेरफेर गरेको र अनुगमनको क्रममा असहयोग गरेको अभियोगमा सम्बन्धित पसलबाट यो परिमाणमा आर्थिक जरिवाना गरेको हो ।
शुक्रबार विभागले ६ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएको थियो । यसमध्ये कैफियत भेटिएको ३ व्यापारिक प्रतिष्ठानलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ भने अन्यलाई सुधार गर्न निर्देशन दिइएको छ ।
विभागले गौरीघाट र कुलेश्वरमा रहेका ३ तरकारी तथा फलफूल पसललाई ५ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरेको हो । नियमित अनुगमनका क्रममा विभागले विभिन्न पसललाई कागजातसहित विभागमा उपस्थित हुन भनेको छ भने कतिपयलाई सामान्य निर्देशन दिएको छ ।



