images
images

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, प्रारम्भिक सुनुवाइ मंसिर ४ गते


  • 331
    SHARES
  • २०८० मंसिर १ गते शुक्रबार

    टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता, प्रारम्भिक सुनुवाइ मंसिर ४ गते

    काठमाडौं ।  टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ । शुक्रवार पेस भएका  रिट निवेदनहरू दर्ता गर्दै सर्वोच्च अदालतले मङ्सिर ४ गतेका लागि पहिलो पेशी तोकेको हो ।

    सरकारको सो निर्णयविरुद्ध सर्वोच्चमा ८ वटा रिट दर्ता भएको छ ।  मङ्सिर ४ गते सो  मुद्दाको एक जना न्यायाधीशको एकल इजलासमा सुनुवाइ हुने जनाइएको छ । रिट निवेदन पेश गरेका कानून व्यवसायीहरुले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको मागसमेत राखेका छन् ।

    सार्वजनिक शिष्टाचार विरुद्धका कसुरहरु धेरै भएको र टिकटक कम्पनीले टिकटकबाट हुने अपराध न्युनिकरण र दोषीमाथिको कारवाही प्रक्रियामा सहयोग नपुराएको भन्दै नेपालमा तत्कालका लागि टिकटक बन्द गर्ने निर्णय लिएको थियो ।

    गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक नचल्ने बनाएका छन् ।  सरकारले टिकटकमाथि प्रतिबन्द लगाउने निर्णय गरेसँगै सो निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो ।

     

     

     


    images
    images

    Logo