काठमाडौं । तिहारपछि कारोबार भएको पहिल्लो दिनै सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँका कायम भएको छ ।
तिहार भन्दाअघि अर्थात सोमबार प्रतितोेला १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १५ हजार ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कायम भएको छ ।