images
images

रुपन्देहीमा बस दुर्घटना, २० जना घाइते


  • 339
    SHARES
  • २०८० मंसिर १ गते शुक्रबार

    रुपन्देहीमा बस दुर्घटना, २० जना घाइते

    काठमाडौं ।  दाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ ।

    बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३/४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएका छन् । 

    घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ । बसमा सवार ३८ यात्रुहरूमध्ये २० जना घाइते भएको  थिए । घाइतेहरू मध्ये  २ जना गम्भीर , ५ जना मध्यम र अरू १३ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ । 


    images
    images

    Logo