images
images

लोक सेवा आयोगले माग्यो प्राविधिक र स्वास्थ्यतर्फ ठुलो संख्यामा कर्मचारी


  • 397
    SHARES
  • २०८० मंसिर १ गते शुक्रबार

    लोक सेवा आयोगले माग्यो प्राविधिक र स्वास्थ्यतर्फ ठुलो संख्यामा कर्मचारी

    काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ ठुलो संख्यामा कर्मचारी माग गरेको छ। शुक्रबार सूचना प्रकाशित गर्दै आयोगले राजपत्रांकित तृतीय श्रेणीको प्राविधिक, स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहमा गरी २ सय ५७ कर्मचारी मागेको हो।

    आयोगले प्राविधिकतर्फ २ सय १६ कर्मचारी, मानवअधिकार सेवातर्फ अधिकृत तृतीय श्रेणीमा १ जना, स्वास्थ्य सेवातर्फ आठौं तहमा ३६ जना र सातौं तहमा ४ जना कर्मचारीको पदपूर्ति गर्न लागेको हो।

    उक्त पदमा खुला तथा समावेशी प्रणालीबाट पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक र योग्यता पुगेका उम्मेदवारलाई मंसिर १९ गतेभित्र दरखास्त दिइसक्न आयोगले आह्वान गरेको छ।

    दरखास्त शुल्क १ हजार २ सय र एकै समूहरउपसमूहको पदको समावेशी समूहतर्फ आवेदन दिन प्रत्येक समूहका लागि थप ४ सय दस्तुर बुझाउन पर्नेछ। आवेदकले आयोगको वेभ साइटबाट अनलाइन दरखास्त दिन सक्नेछन्।

    Capture.JPG

     


    images
    images

    Logo