images
images

सिद्धार्थ बैंकले सञ्चालकलाई दियो करिब ४३ लाख भत्ता


  • 324
    SHARES
  • २०८० कार्तिक ३० गते बिहीबार

    सिद्धार्थ बैंकले सञ्चालकलाई दियो करिब ४३ लाख भत्ता

    काठमाडौं ।  सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकका लागि भत्ता लगायत विभिन्न शीर्षकमा ४२ लाख ८६ हजार ७ सय २४ रुपैयाँ खर्च गरेको छ । सञ्चालक समितिलाई बैठक भत्ता भनेर १६ लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ भने अन्य सुविधाबापत २५ लाख ९८ हजार ७ सय २४ रुपैयाँ दिएको हो । 

    बैंकका अध्यक्ष मनोज कुमार केडियाले ३ लाख २४ हजार, सञ्चालक नरेन्द्र कुमार अग्रवालले २ लाख ३८ हजार, राहुल अग्रवालले २ लाख ५२ हजार, दिनेश शंकर पालिखेले २ लाख ६६ हजार, अंकित केडियाले २ लाख ६६ हजार र मिना कुमारी सैंजुले २ लाख ६६ हजार रुपैयाँ भत्ता बुझेका छन् ।

    गत बर्ष बैंकले १९ वटा सञ्चालक समितिको बैठक राखेको छ । यस्तै सञ्चालक समिति बैठकको अन्य खर्चमा होटल तथा दैनिक भ्रमण भत्ता १ लाख ६४ हजार २ सय ७३ रुपैयाँ रहेको छ । यस्तै पत्रपत्रिका तथा संचार खर्च ८ लाख ६४ हजार, सञ्चालक स्तरीय समिति बैठक भत्ता ९ लाख ९४ हजार र अन्य खर्च ५ लाख ७६ हजार ४ सय ५१ रुपैयाँ रहेको छ ।

     


    images
    images

    Logo