काठमाडौं । सिद्धार्थ बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई २ करोड १० लाख तलबभत्ता दिएको छ । बैंकले गत आवमा सीईओसहित नायब प्रमुख कार्यकारी अधिकृत, नायब महाप्रबन्धक, सहायक महाप्रबन्धक, वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक र सहायक प्रबन्धकहरुलाई ४५ करोड ९१ हजार ४ सय ८६ रुपैयाँ भुक्तानी गरेका छन् ।
बैंकले नायब प्रमुख कार्यकारी अधिकृतलाई गत आर्थिक बर्षमा १ करोड ६५ लाख २८ हजार ९ सय ४६ र सहायक प्रमुख कार्यकारी अधिकृतलाई १ करोड ४१ लाख ४२ हजार ४ सय ४८ रुपैयाँ भुक्तान गरेको छ ।
त्यस्तै, नायब महाप्रबन्धकहरुलाई ३ करोड १५ लाख ७१ हजार ६० रुपैयाँ, सहायक महाप्रबन्धकलाई २ करोड १३ लाख ८ हजार ८५० रुपैयाँ, वरिष्ठ प्रबन्धकहरुलाई ४ करोड ३७ लाख ६५ हजार ८ सय १६ रुपैयाँ र प्रबन्धकहरुलाई ८ करोड १८ लाख ३८ हजार ५ सय ४८ रुपैयाँ भुक्तान गरेको छ ।
उप प्रबन्धकहरुलाई १० करोड ७७ लाख ८१ हजार ४ सय २७ रुपैयाँ र सहायक प्रबन्धकहरुलाई ११ करोड २१ लाख २२ हजार १ सय ५५ रुपैयाँ भुक्तान गरेको बैंकले जनाएको छ ।



