images
images

न्युजिल्यान्डलाई हराउदैँ भारत विश्वकपको फाइनलमा प्रवेश


  • 459
    SHARES
  • २०८० कार्तिक ३० गते बिहीबार

    न्युजिल्यान्डलाई हराउदैँ भारत विश्वकपको फाइनलमा प्रवेश

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट अन्तर्गत भारत न्युजिल्यान्डलाई हराउदैँ फाइनलमा पुगेको छ ।

    नेपाली समय अनुसार २ः १५ मिनेटमा भारत र न्युजिल्यान्डबीचको खेल मुम्बईको वानखेडे स्टेडियममा सुरु भएको सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउदैँ भारत फाइनलमा पुगको हो ।

    भारतले प्रस्तुत गरेको ३ सय ९८ रनको बिशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड ३ सय २७ रनमा समेटियो । न्युजिल्याण्डले ४८ दशमलव ५ ओभरमा अल आउट हुँदै ३ सय २७ रन बनायो ।

    बुधबार वानखडे स्टेडियममा घरेलु टोली भारतले फाइनल प्रवेशका लागि न्युजिल्याण्डलाई ३ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनाएको थियो ।

    कोहलीले कीर्तिमानी ५० औं शतक प्रहार गर्दा श्रेयशको लगातार दोस्रो शतकमा भारतले झण्डै ४ सयको विशाल योगफल बनाएको हो । कोहलीको १ सय १७ रनको इनिङ्समा भारतका लागि श्रेयशले १ सय ५ रनको शानदार पाली खेले । दुवैले दोस्रो विकेका लागि १ सय ६३ रनको साझेदारी गरेका थिए ।

    विराटले एकदिवसीय खेलमा कीर्तिमानी ५० औं शतक प्रहार गरेका छन् । उनले सचिन तेन्दुलकरको नाममा रहेको ४९ औं शतकको कीर्तिमानलाई समेत भंग गरेका छन् ।

    ठुलो रनतर्फ अघि बढेका सुभमन गिल ८० रनमा रिटायड हर्ट हुदाँ कप्तान रोहित शर्माले ४७ रनको योगदान गरेका थिए । केएल राहुलले विस्फोटक ब्याटिङ गर्दै २० बलमा ३९ रन बनाए ।

    उनले ५ चौका र २ छक्काको मदतले सो रन बनाएका हुन् । सुर्यकुमार यादव १ रनमा आउट भएका थिए । न्युजिल्याण्डका टिम साउथीले ३ तथा ट्रेन्ट बोल्टले १ विकेट हात पारेका थिए । दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र साउथ अफ्रिका खेल्नेछन् ।


    images
    images

    Logo